काठमाण्डौँ — लमजुङको दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजनाको काम एक वर्षभित्रै सक्ने भएको छ ।
यसका लागी अहिले निर्माण कार्य तीब्र बनाइएको छ ।
आयोजनाको आगामी मंसिरमा विद्युत् उत्पादन गर्ने लक्ष्य छ।
दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजनाको ३० प्रतिशत निर्माण कार्य सकिएको हो।
२०७४ चैतबाट निर्माण थालिएको आयोजना लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडको प्रवद्र्धनमा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ ।

— अन्नपुर्ण
