काठमाण्डौँ — दोलखाका स्थानीय तहहरुको नियमित खर्चमा बेरुजु मात्रै सवा २८ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७४/०७५ को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार दोलखाका स्थानीय तहहरुको बेरुजु २८ करोड ३० लाख ६६ हजार ८ सय ४४ पुगेको छ ।
जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकाको महालेखापरीक्षकको कार्यालयले गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार उनीहरुको बेरुजु देखिएको हो ।
साथै उनीहरुको खर्च गर्ने क्षमता घट्दै गएको देखिएको छ ।
यसले जिल्लाको समग्र विकासको प्रक्रियामा नकारात्मक असर पर्ने जानकारहरु बताउँछन् ।
बेरुजु देखिएको रकममध्ये पनि करिब १३ करोड असुली गर्नु भन्ने प्रतिवेदनमा उल्लेख छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS