काठमाडौँ, मंसिर २६ – दोलखाको तामाकोसी गाउँपालिका ४ मालुमा भर्खरै निर्माण ५ शैयाको कोभिड अस्पताल सुरु भएको छ । सरकारको ‘एक स्थानीय तह, एक कोभिड अस्पताल’ भन्ने अभियानअन्तर्गत दोलखाको तामाकोसी गाउँपालिकामा बनेको अस्पतालको उद्घाटन गरिएको छ ।
शुक्रबार एक समारोहबीच तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले उक्त अस्पतालको उद्घाटन गका हुन् । अस्पताल उद्घाटन गर्दै अध्यक्ष पोखरेलले कोभिडमात्रै नभएर अन्य विभिन्न रोगको उपचार मालु अस्पतालमा हुने भन्दै स्थानीयका लागि स्वास्थ्य क्षेत्रमा राम्रो उपलब्धी भएको बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्लास्थित भवन कार्यालयले निर्माण गरेको १० कोठे भवनमा अस्पताल सन्चालनमा ल्याइएको हो । १० कोठे भवनमा विभिन्न वार्ड र बिरामी कक्ष बनाइएको छ । अस्पतालमा उपलब्ध हुने सबै उपचार सेवा र औषधि गाउँपालिकाको लगानीमा बिरामीहरुलाई निशुल्क उपलब्ध गराइने तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए ।
पुनर्निर्माण प्राधिकरणको एक करोड ५५ लाख ७३ हजार चार सय ४४ रुपैयाँको लागतमा बनेको भवनमा अस्पताल सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले जानकारी दिए ।
FACEBOOK COMMENTS