काभ्रे । मेलम्ची खोलामा आएको बाढीका कारण अरनिको राजमार्गअन्तर्गत भुम्लु गाउँपालिका–१० मा रहेको दोलालघाट पुल जोखिममा परेको छ । बाढीसँगै बगेको लेदोका कारण खोलाको सतह बढँदै जाँदा उक्त मोटरेबल पुलको उचाइ घटदै गएको छ ।
इन्द्रावती नदीमा रहेको उक्त पुल नदीबाट ४० फिट उचाइमा भए पनि अहिले चार फिट उचाइमा आइसकेको थानीयले जनाएका छन । थानीय क्रान्ति दोङले लेदो थुप्रँदै जाँदा पुलको उचाइ घटदो क्रममा रहेको बताउनुभयो । मेलम्ची खोलाबाट आएको लेदो इन्द्रवती नदीमा मिसिएपछि पुल जोखिममा परेको छ । दोङले भने, ‘लेदो झिक्ने काम समयमै नहुँदा जोखिम बढदै गएको छ । उक्त पुल २०२३ सालमा चीनले बनाइदिएको थियो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दोलालघाट पुल अनुगमन गर्दा जोखिममा रहेको देखिएपछि पुल क्षेत्रमा बाढीले थुपोको नदीजन्य पदार्थ व्यवस्थापन गर्न सम्बन्धित निकायलाई भनिएको जानकारी दिएको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS