![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
धनगढी– कैलालीमा आर्थिक वर्ष २०७४÷७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ। दर्ता भएकामध्ये साना उद्योगमा एक अर्ब पाँच करोड र लघु उद्योगमा ३३ करोड लगानीको प्रस्ताव गरिएको छ।
साना उद्योगको स्थिर पूँजी ६८ करोड र चालू पूँजी ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी २१ करोड र चालू पूँजी १२ करोड रहेको छ। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिलीप चन्दका अनुसार गत आर्थिक वर्षमा सेवामूलक ३२९, उत्पादन मूलक १९२, कृषि सम्बन्धी २९६, पर्यटन सम्बन्धी नौ तथा लघु ७७ नयाँ उद्योग दर्ता भएका छन्।
वार्षिक उत्पादन क्षमता करीब सात अर्ब रहेका यी नयाँ उद्योगबाट चार हजार ६२ पुरुष र १८४ महिलाले रोजगारी पाउने चन्दले बताए।
वर्षेनी उद्योग दर्ता हुने गरेपनि दर्तापछि उद्योगको बस्तु स्थिति, दिएको रोजगारी, मापदण्ड अनुसार सञ्चालन भए–नभएको, उद्योग सञ्चालनबाट परेको प्रभाव लगायतका विषयमा अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था छैन।
दर्ता भएकामध्ये झण्डै ४५ प्रतिशत उद्योग मात्र सञ्चालनमा छन्।
बैंकबाट ऋण तथा विभिन्न निकायबाट अनुदान लिने प्रयोजनका लागि उद्योग दर्ता गर्ने प्रवृत्ति बढ्दै गएको चन्द बताउँछन्। घरेलु तथा साना उद्योग कार्यालयमा हालसम्म साना उद्योग ६ हजार ११० र लघु उद्योग २५३ दर्ता भएका छन्। यी उद्योगले झण्डै ४५ हजार व्यक्तिलाई रोजगारी दिएको छ।
उत्पादन क्षमता झण्डै ३३ अर्ब रहेका यी उद्योगको कूल लगानी प्रस्ताव सात अर्ब २१ करोड रहेको कार्यालयले जनाएको छ।
FACEBOOK COMMENTS