![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — काठमाडौँ महानगरपालिकाले पुनःनिर्माणको कामलाई तीव्रता दिन थालेको छ ।
भूकम्प गएको लामो समय बितिसक्दा पनि कामपाले केही काम नगरेको जनगुनासो आइरहेकै समयमा कामपाले निर्माणको कामलाई चासोका साथ लिएको छ ।
रानीपोखरी र बागदरवारको पुनःनिर्माणका लागि कामपामा क्रमशः दुई र पाँच आशयपत्र पेश भएका छन् ।
त्यसैगरी स्मार्ट पार्किङ निर्माणका लागि ६ कम्पनीले निर्माण गर्न आशयपत्र पेश गरेका छन् ।
यस्तै हाल कामपाको कार्यालय रहँदै आएको बागदरबार(हरिभवन) भत्काउनका लागि पनि पाँच निवेदन परेको कामपाले जनाएको छ ।
भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकाल बताउछन् ।
— कारोबार
FACEBOOK COMMENTS