काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुननिर्माणको शिलान्यास गरेका छन् ।
लामो समय देखी अगाडि बढ्न नसकेको धरहराको पुननिर्माण अबको दुई वर्ष भित्र सक्ने लक्ष्य लिइएको छ ।
धरहराको सिलन्यास गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिट्टै सवैले धरहराको टुप्पोबाट काठमाडौ हेर्न पाउने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी फेरि हाम्रो गौरवपूर्ण धरहरा हाम्रा आँखा अगाडि देख्नेछौं । हामी वातावरण सुधारिएको, बाटाहरु सुधारिएको, हरियाली अलि बढाइएको काठमाडौं धरहराको टुप्पाबाट हेर्नेछौं ।’
२०७२ साल बैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा परम्पराको झल्को दिने र आधुनिकता झल्कने किसिमको बन्न लागेको ओलीले बताए । पहिलेको धरहरा चढ्न ज्येष्ठ नागरिकहरुलाई अप्ठ्यारो हुने भए पनि अब बन्ने धरहरा सजिलै चढ्न सक्ने बन्ने उनले बताए । एकपटक आफू धरहरा चढ्दा गाह्रो भएको स्मरण गर्दै उनले भने, ‘यसपल्ट धरहराको टुप्पामा जवानहरु मात्र चढ्नसक्ने होइन बुढापाकाहरु पनि चढ्न सक्नेछन् ।’
FACEBOOK COMMENTS