मदन तिमल्सेना/ ०९ बैशाख – जापानमा ७ वटा रेष्टुरेण्ट संचालन गर्नुभएका पुख्र्यौली घर घादिगं भएका व्यवसायी केशव अधिकारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संचालन गरेको कोभिड १९ राहत कोषलाई जापानबाट ७ लाख सहयोग गरेका छन् । कोरोना भाइरस कोभिड–१९० को महामारीले चपेटमा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न एनआरएनएले संचालन गरेको कोषमा जापानबाट मनकारी अधिकारीले ७ लाख रूपैया सहयोग गरेको जानकारी दिए । गैरआवासीय नेपाली संघको कोषमा शनिवार उक्त रकम जम्मा गरेको उनले बताएका छन् । कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गर्दै अध्यक्ष कुमार पन्तले कोरोना पिडित र विदेशबाट नेपाल फर्किन चाहने नेपालीहरुका आर्थिक रुपमा सहयोग गर्न अपील गरेका थिए । उक्त कोषमा हालसम्म २ करोड ३० लाखभन्दा बढ़ी रकम संकलन भएको अभियानका संयोजक तथा एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिएका छन् ।
जापानबाट केशव अधिकारीको ७ लाख सहयोग धनले हैन मनले बाचौं भन्ने उदाहारणिय ब्यक्तित्व केशब अघिकारी बिश्ब अहिले कोरोना भाइरस कोभिड–१९० डर र त्रासमा भएको बेला आफु खुशी भएको बतएका थिए । करिब २५ बर्षदेखी जापानको टोकियोमा बस्दै आइरहेका घादिङ जन्मघर भएका युबा व्यवसायी समाजसेबी, चौतारो कर्पोरेशन जापानका प्रमुख केशब अघिकारीले एनआरएनए कोभिड १९ राहत कोषलाई नेपाली ७ लाख सहयोग गरेर देश र जनताप्रतीको समाजसेबी भाबना प्रकट गरेका छन् ।
जापानमा ७ वटा रेष्टुरेण्ट संचालन गरेर धेरै नेपालीलाई सहयोग गरिरहेका अधिकारीले जापानबाट सहयोग गरेको यो नै सबैभन्दा ठुलो रकम हो । यसैबिच निज अधिकारीका भाई तथा ठमेल पर्यटन बिकास परिषद्का महासचिव धादिङका धुर्ब अधिकारीले पनि धादिङको क्षेत्र नं २ का स्थायी बासिन्दाहरु काठमाडौमा दिनानुदिन ज्यालादारी गरि आफ्नो जिविका चलाउने ब्यक्तिहरुलाई सहयोग गरेका छन् । महामारी रुपमा फैलिएको कोरोना भाईरसले गर्दा नेपालमा लामो समयदेखि लक डाउन भईरहेको बेला गरिव तथा दैनिक ज्यालादारि गरि खाने धादिङ जिल्लाका र अन्य जिल्लाका मानिसहरुलाई केही राहत स्वरुप खाद्यान्न तथा नगद सहयोग गरेको महासचिव धुर्ब अधिकारीले बताए । लकडाउनको अबस्थामा कमाएर खाने ब्यक्तिहरुलाई लक्षित गरेर सहयोगी भावना अगाडी बढाईएको र आउदा दिनहरुमा पनि सहयोग जारी राख्ने समेत अधिकारीले बताए । यसरी स्वदेशबाट तथा विदेशबाट अधिकारी बन्धुहरुले सहयोग उपलब्ध गराएर उदाहरण पेश गरेका छन् ।
FACEBOOK COMMENTS