काठमाण्डौँ — चीनसँगको अन्तर्रााष्ट्रिय ब्यापारिक नाका रसुवागढी जोड्ने धुञ्चे–रसुवागढी सडकखण्ड लामो समयपछि सञ्चालनमा आएको छ ।
पासाङल्यामु सडक खण्डको धुञ्चेदेखि टिमुरेसम्मको विभिन्न स्थानमा गएको पहिरो र बाढीले पुयाएको कटानले गत साउन ११ गतेदेखि अबरुद्ध बनेको थियो ।
सोमबारदेखि सडक सुचारु भएको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले जानकारी दिए ।
उनको अनुसार गोसाईकुण्ड गाँउपालिका–५ खोपाङभीरमा गएको पहिरोको कारण अबरुद्ध भएको सडक हटाएसँगै रोकिएका सवारी साधन रसुवागढी नाकातर्फ आवतजावतमा आएका छन् ।
— कारोबार
FACEBOOK COMMENTS