जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन् ।
गएराति परेको मुसल्धारे वर्षासँगै बागमती र लालबकैया नदीमा पानीको सतह बढदै गएको हो । बागमती र लालाबकैया नदीमा आउँदा वर्षेनी जिल्ला सदरमुकाम गौर लगायतका स्थान डुबानमा पर्ने गरेका छन् ।
FACEBOOK COMMENTS