![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — सांग्रीला डेभलपमेन्ट बैंक लि.ले नबनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम सम्पन्न गरेको छ ।
यहि भाद्र १ गते देखी १० गते सम्म नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धीत कामहरु तथा नीति नियमको बारेमा जानकारी दिन अभिमुखीकरण तालीम संचालन गरेको हो ।
तालिममा नबनियुक्त ६५ जना कर्मचारी सहभागी भएका थिए ।
१० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताए ।
सांग्रीला डेभलपमेन्ट बैंकले खोल्न लागेका नयाँ शाखाहरु संचालनमा आए पश्चात बैंकको शाखा संजाल देशभर गरि ८७ ओटा पुग्नेछन् ।
FACEBOOK COMMENTS