![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – नबिल बैंकले आफ्नो शैक्षिक कर्जाको प्रक्रिया बारे जानकारी प्रदान गर्न यहि साउन ११ गते अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको उद्घेश्य शैक्षिक परामर्श दाताहरुलाई बैंकले प्रदान गर्ने शैक्षिक कर्जाको विशेषताहरु , ऋण योग्यता परिक्षण, कर्जाको लागि आवश्यक कागजातहरु तथा कर्जा प्रदान गर्ने प्रकृयाहरुको बारे सूचित गराउनुका साथै शैक्षिक कर्जा प्रकृया अझ सरल र सहज गराउन सुझाव संकलन समेतको उद्घेश्य राखिएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS