![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — नबिल बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘वैदेशिक यात्रा स्वास्थ्य बिमा योजना’ तुरुन्त जारी गर्ने भएको छ।
बैंकले आफ्नो काउन्टरबाट भिसा इन्टरन्यासनल प्रिपेड कार्ड बैंक ड्राफ्ट र विदेशी मुद्रा सटही जस्ता सेवाका लागि सम्पूर्ण आकांक्षी ग्राहकलाई वैदेशिक यात्रा (ट्राभल) बिमा योजना सेवा पनि उपलब्ध गराउने बैंकले जनाएको छ।
नबिल बैंकले सर्वप्रथम नेपाली बजारमा यो सेवा ल्याएको हो ।
यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्ससँग साझेदारी गरेको छ ।
विदेश यात्रा गर्ने यात्रीलाई स्वास्थ्य बिमा निकै उपयोगी हुनेछ।
FACEBOOK COMMENTS