काठमाडौं । नबिल बैंक र युनाइटेड फाइनान्सको आज (असार ५ गते) बिशेष साधारणसभा हुने भएको छ ।
नबिल बैंकसँग मर्जरमा जानका लागी फाइनान्सले बिशेष साधारण सभा बोलाएको छ भने फाइनान्सलार्इ प्राप्ती गर्नका लागि बैंकले पनि विशेष साधारणसभा बोलाएको छ ।
नबिलले युनाइटेडलाई १ः०.३५ को स्वाप रेसियो अनुपातमा प्राप्ति गर्न लागेको हो । प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयर बराबर नबिलको ३५ कित्ता सेयर कायम हुनेछ ।
बैंक र फाइनान्सको एक्वायर सम्बधि बैशाख १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका मर्जर संयोजक उदयकृष्ण उपाध्याय र फाइनान्सका मर्जर संयोजक मनिष खेम्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । नबिल बैंक र युनाइटेड फाइनान्समा चौधरी ग्रुपको लगानी रहेको छ ।
FACEBOOK COMMENTS