काठमाण्डौं, २ माघ -नबिल बैकले अतिरिक्त थप २३ स्थानमा आफ्ना शाखा संजाल बढाएको छ । बैकले प्रदेश १मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट, प्रदेश २ मा र्मिचैया, गोलबजार, शिराहा र चन्द«पुर प्रदेश ३ मा कमल बिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पसा प्रदेश ४ मा गैँडाकोट, दलदले र कावसोती र प्रदेश ५ मा चन्द«ौटा, बर्दाघाट र मणिग्राम गरी जम्मा २३ नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।
पछिल्लो समयमा नेपालको विकसित,अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउदै अत्यावश्यक वित्तिय सेवाको प्रत्याभुत गराउँदैै जाने प्रतिबद्धता बैकले गरेको छ । आमजनमानसमा सरल र सुलभ वित्तिय पहुच पु¥याउने उदेश्यका साथ आफ्ना शाखा संजाल विस्तार गरेको बैकले जनाएको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयअनुकुल सेवाप्रदानगर्दै आएको नबिल बैंकको १०२ शाखा, १४३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन्। साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।
FACEBOOK COMMENTS