काठमाडौं, फागुन २१- राष्ट्रिय सभा सदस्यको दुई वर्षे कार्यकाल मंगलबार सकिएपछि आफ्नो पदबाट राजीनामा दिएका डा.युवराज खतिवडाले आज नयाँ अर्थमन्त्रीको रुपमा सपथ ग्रहण गर्दै छन् ।
राष्ट्रपति विद्यादेवि भण्डारीबाट आज दिउँसो चार बजे खतिवडाले सपथ लिने कार्यक्रम रहेको छ ।
सरकारले संविधानको धारा ७८ अनुसार उनलाई पुनः अर्थमन्त्रीमा नियुत्त गर्न लागेको हो । संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिने व्यवस्था रहेको छ । तर यसरी नियुक्त भएको मन्त्रीले ६ महिना सम्म काम गर्न पाउने छन् । उनले ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।
FACEBOOK COMMENTS