काठमाडौं, १७ मंसिर- नेपाल डेरी एसोसिएशनले नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा एवं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष एवं वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरुको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम राखेको छ ।
एसोसिएशनले मंसिर १७ गते कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम माझ महासंघ अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, एशोसियट उपाध्यक्ष रामचन्द्र संघाई, नगर उपाध्यक्ष दिनेश श्रेष्ठ जिल्ला, कोषाध्यक्ष सकुन्तलाल हिराचन, वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, वस्तुगत कार्यकारिणी समिति सदस्यहरु सुमित कुमार केडिया, हेमराज ढकाल, प्रकाश सिंह कार्की, आकाश अधिकारी, सुवोधकुमार गुप्ता, नरेशलाल श्रेष्ठ, भक्तबहादुर हमाल, अरनिको राजभण्डारी, मीनमान श्रेष्ठ, विष्णु गैरे, गोविन्द ढुंगेल, सन्दिपकुमार अग्रवाल र मनिषलाल प्रधानलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले सभापतिको मन्तव्य राख्दै डेरी क्षेत्रको समस्या हल गर्न महासंघ नेतृत्वलाई आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा प्रष्ट भिजिनरी प्लान बनाई अगाडि बढ्ने र डेरी क्षेत्र भनेको जन्मेदेखि मर्दासम्म नभई नहुने पूर्ण खाद्य पदार्थ रहेको औल्याए । अध्यक्ष गोल्छाले दुग्ध क्षेत्रले ग्रामीण क्षेत्रको आर्थिक उन्नतीमा समेत विशेष टेवा पुयाउने भएकोले यसको विकासको लागि आफू निरन्तर लागि रहने बताए ।
वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल डेरी एसोसिएशन उद्योग वाणिज्य महासंघको २२ वर्षदेखि पुरानो सदस्य रहेको र यसले निरन्तर आफ्नो गतिविधि गर्दै आइरहेकोमा विशेष धन्यवाद दिंदै अगामी दिनमा पनि सहकार्य गर्दै काम गर्ने बताए । एसोसियट उपाध्यक्ष रामचन्द्र संघाईले एसोसिएशनले सम्मान गर्दै कर्तव्यबोधको थप जिम्मेवारीको महसुस गराएको बताए । जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले योभन्दा पहिले आफू बस्तुगत उपाध्यक्ष रहँदा एसोसिएशनलाई हरेक कुरामा रायसुझाव दिंदैं आएको र यस पटक पनि आफू जिल्ला नगरको उपाध्यक्ष भएता पनि उद्योग वाणिज्य तर्फ आफूले हेर्ने भएकोले एसोसिएशनसंग सहकार्य गर्दै अगाडि बढ्ने बताए।
वस्तुगत उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले आफू पनि डेरी व्यवसायी भएकोले डेरी क्षेत्रको समस्या आफूले राम्रासंग बुझेको हुँदा आउँदा दिनमा यस क्षेत्रमा आउने हरेक समस्या समाधानको लागि निरन्तर लागिरहने बताए ।नेपाल डेरी एसोसिएशनका निर्वतमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ वस्तुगत तर्फका निर्वाचित सदस्य सुमित केडियाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै डेरी क्षेत्रका नीतिगत समस्याहरु बारे अवगत गराए ।
कार्यक्रममा उपस्थित नवनिर्वाचित पदाधिकारी एवं सदस्य महानुभावहरुलाई संस्थाको तर्फबाट अध्यक्ष राधाकृष्ण सापकोटा, उपाध्यक्ष राजन दाहाल, महासचिव प्रल्हाद दाहालले सम्मान पत्र प्रदान गर्दै सम्मानित गरेका थिए ।
FACEBOOK COMMENTS