सहबान अन्सारी,
नवलपरासी,माघ १३ – नवलपरासीमा भारतबाट अवैध रुपमा ल्याउदै तथा नेपालबाट भारत तर्फ लैजादै गरेको करिब २ लाख ३ हजार २ सय मुल्य बराबर अवैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमवार सरावल गाउँपालिका वडा नं. ७ झरही खोला स्थित भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको १ लाख ८१ हजार ६ सय मुल्य बराबरको थान कपडा (सुट) ३६ मिटर, थान कपडा १९६ मिटर, साडी ३० पिस, लेडिज सल १९ पिस साथै डोराउदै ल्याउदै गरेको २ वटा रागाँ सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो । यसैगरी सोही स्थानबाट नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २१ हजार ६ सय मुल्य बराबरको किसमिस मदिरा १८ कार्टुन मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त कपडा,मदिरा मोटरसाईकलमा राखि ल्याउदै तथा लैजादै गरेको र राँगो मानिसले डोरीमा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस मोटरसाईकल सहित भागेको थिए। नियन्त्रणमा लिएको सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
FACEBOOK COMMENTS