काठमाडौं, चैत २४ – नाइजेरियाको जेलबाट १८ सय भन्दा धेरै कैदी बन्दी फरार भएका छन् । दक्षिण पूर्वी शहर ओवेरीमा रहेको जेलमा बन्दुकधारीले आक्रमण गरेपछि कैदी बन्दी भागेका हुन् ।जेलको प्रशासनिक भवनमा आक्रमणकारीले बिस्फोट गराएका थिए । अहिलेसम्म ६ कैदी फर्किएका छन् । ३५ जना जेलबाट भागेनन् ।
प्रतिबन्धित विखण्डनकारी समूह इन्डिजिनिअस पिपुल अफ बिअफ्राले आक्रमण गरेको आरोप प्रहरीले लगाएको छ । तर सो समूहले आक्रमणमा आफ्नो संलग्ना अस्वीकार गरेको छ । इमो राज्यमा रहेको जेलबाट १८ सय ४४ कैदी बन्दी भागेका हुन् ।
FACEBOOK COMMENTS