![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – लामो समयदेखि बोनसको लबिङमा रहेका नागरिक उड्डयन प्राधिकरण कर्मचारीले बोनस नपाउने भएका छन् ।
सरकारले बोनससम्बन्धी नियमावली संशोधन गर्दै कुनै पनि नियामक निकायका कर्मचारीले बोनस खान नपाउने व्यवस्था गरेसँगै प्राधिकरणका कर्मचारीका लागि यसको बाटो बन्द भएको हो ।
नेपालको हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरण भएकाले उक्त व्यवस्थासँगै प्राधिकरण कर्मचारीले बोनस पाउने छैनन् ।
प्राधिकरणले तीन वर्षदेखि बोनसको लागि विभिन्न निकायमा लबिङ गर्नुका साथै सञ्चालक समितिबाट पटक÷पटक वितरणको निर्णयसमेत गर्दै आएको थियो ।
बोनसको वितरण तथा निर्णयको अधिकार सरकारको भएको भन्दै बोनस नियमावली संशोधनको विषय जानकारीमा नआएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए ।
– नयाँ पत्रिका
FACEBOOK COMMENTS