काठमाडौं, माघ १२- सरकारले नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क गर्ने तयारी गरेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकम सेवा प्रदायकसँग डेटा निःशूल्क गर्न छलफल गरिरहेको छ ।
सरकारले गत माघ २ गते सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइलबाटै प्रदान गर्ने उदेश्यले नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो ।
हाल परीक्षणको चरणमा रहेको नागरिक एपमा ९ ओटो सेवाहरु राखिएको छ । हाल एप मार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र, तथा मतदात परिचयपत्र सम्बन्धि विवरणहरु प्राप्त गर्न सकिने छ ।
साथै नागरिक लगानी कोष,सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएको रकम र ऋणको विवरण जानकारी लिन सकिने छ ।
नागरिक एपबाट हेलो सरकारमा गुनासो समेत गर्न सकिने छ । एपबाट गुनासोको सम्बोधन भयो की भएन भनेर जानकारी समेत लिन सकिने छ । एपबाट सार्वजनिक बिदाको दिन समेत सेवा लिन सकिने छ ।
FACEBOOK COMMENTS