काठमाण्डौं– लगानी कोष २९ वार्षिक उत्सव तथा भवन शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।
लगानी कोषले बानेश्वरमा बनाउन लागेको ९ तले भवनको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरेका छन् ।
भवन सिलन्यस तथा वार्षिक उत्वसको शुभकामना दिदै अर्थमन्त्री खतिवडाले धेरै हात फैलाउने काम भन्दा आफ्नो जिम्मेवारी पूर्ण रुपमा गर्न सुझाएका छन् ।
लगानी कोषलाई खतिवडाले ब्याज घटाउने बढाउने काममा नलाग्न भनेका छन् ।
लगानीकोषको नियमन अर्थमन्त्रालयले गरिरेहको भन्दै एकले अर्काको शक्ति मान्नु पर्ने धारणा व्यक्त गरे ।
लगानीकोषको दीर्घकालिन पूँजी बजारमा महत्वपूर्ण भुमिका रहेको उल्लेख गरेका छन् ।
राष्ट्र बैंकका कामु गर्भनर चिन्तामनी शिवाकोटीले नाम लगानीकोष भएको तर कर्मचारीहरुकै बीचमा हराउको बताएका छन् ।
लगानी कोषले प्रविधिको विकास गरी काम गर्न उनको सुझाव छ ।
पूर्व सञ्चालक सदस्य डा. गोविन्दमान शिह कार्कीले लगानी कोषमा बचत भएको रकम कुन ठाउँमा लागनी गर्ने भन्ने मुख्य चुनौती रहेको बताएका छन् ।
FACEBOOK COMMENTS