![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ —नाडा अटोमोबाइल्स सो—२०१८ मंगलबारदेखि सुरु भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको सयुंक्त आयोजनामा कार्यक्रम भृकुटीमण्डपमा सुरु भएको हो ।
सवारी साधन तथा अटो कम्पोनेन्ट्ससम्बन्धी जानकारी एकै थलोमा दिने र आधुनिक समयका अटोबाइल तथा प्राविधिक विकासको प्रचार प्रसार गर्ने उद्देश्यले प्रदर्शनी गरीएको हो ।
६ दिनसम्म चल्ने सोमा एक सय ३४ स्टलमा विभिन्न ब्रान्डका सवारी साधन राखिएको छ ।
हरेक वर्ष गरिने सोमा यस वर्ष प्रवेश शुल्कमा हरेक दिन गोलाप्रथाबाट उपहार प्रदान गरिने छ ।
झन्डै ६० हजारभन्दा बढीले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएका छन् ।
FACEBOOK COMMENTS