![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौंको भृकुटीमण्डपमा भएको चारपांग्रे र २ पांग्रे नाडा अटो शो २०१८ सकिएको छ । नाडा अटोमोवाईल डिलर एसोसियशन (नाडा) ले मंगलबारदेखि भृकुटीमण्डपमा संचालन गरेको उक्त मेला आज समापन भएको हो ।
६ दिनसम्म चलेको उक्त मेलामा ६५ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेको मेलाका अध्यक्ष शम्भु प्रसाद दाहालले जानकारी दिए ।
अन्य दिनको तुलनामा शनिवार अवलोकनकर्ताहरुको भीड बढी रहेको पनि उनले बताए ।
उक्त मेलामा अवलोकनकर्ताहरुको आकर्षण भने ईलेक्ट्रिकल गाडीमा बढी देखिएको मेलाका संयोजक निराकार श्रेष्ठले जानकारी दिए ।
मेलामा १ लाख २८ हजारदेखि ४५ लाख ८५ हजार सम्मका बाईक तथा स्कुटर प्रदर्शनिमा राखिएको थियो ।
मेलाको सबैको आकर्षणमा पर्ने सबैभन्दा महँगो बाईक हार्लि डेभिड्सनमा अवलोकनकर्ताहरुको घुईँचो लाग्ने गरेको थियो ।
FACEBOOK COMMENTS