![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – भाद्र २६ देखि प्रारम्भ हुने नाडा अटो शोमा फियाट क्रिस्लर अटोमोबाइल्सले उत्पादन गरेको जिप कम्पास पहिलो पटक नाडा अटो शोमा देखिने भएको छ ।
नाडा अटो शोकै इतिहासमा जिप ब्रान्ड पहिलो पटक सहभागी हुने भएको हो ।
नयाँ कम्पास दुई वटा इन्जिन अप्सनमा उपलब्ध छ ।
डिजेल इन्जिनमा सिक्स स्पिड म्यानुअल गियरबक्स छ भने पेट्रोल इन्जिनमा सिक्स स्पिड म्यानुअल र सेभेन स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्स छ । यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको ७ इन्चको टचस्क्रिन छ ।
जिप कम्पासको मूल्य ६८ लाख ५० हजार देखि ९६ लाख ५० हजार रुपैयाँ सम्म छ ।
FACEBOOK COMMENTS