काठमाडौं, माघ २०- नाडाका प्रतिनिधि मण्डल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालबीच भेटवार्ता भएको छ ।
नाडा अटोमोबाइल एशोसियशनका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय प्रतिनिधि मण्डलले विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आईपरेको हुँदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परेकाले व्यवसायलाई सहजीकरणका लागि सचिव अर्यालसँग अनुरोध गरेका थिए ।
उक्त छलफलमा उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पारेका थिए ।
छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा बैकुण्ड अर्यालले यसबारे केही दिन भित्रै नेपाल राष्ट्र बैंक, बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग र भन्सार कार्यालयहरुसंग छलफल गरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने कुरा बताए ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा महासचिव सुनिल रिजाल र केन्द्रीय कार्यसमिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS