काठमाडाैं, फागुन २३ – युवा तथा खेलकूदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सूचनाको हकसम्बन्धी गोष्ठीमा उनले मातहतका कर्मचारीलाई युवाहरुले नामजस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताए।
कामको सिलसिलामा राष्ट्रसेवक कर्मचारीको सेवासुविधाका लागि थप छलफल गरिरहेको र युवा स्वरोजगारको सन्दर्भमा जिल्ला–जिल्लामा सहजकर्ता मनोनयन गरी बजेटको वयवस्थापन गरी अगाडि बढ्न लागिरहेकाले त्यसमा आवश्यक सुझाव र सल्लाह दिन कर्मचारीलाई आग्रह गरे ।
कतिपय अवस्थामा समस्याकै बीचबाट नै राम्रो नजिता निकाल्नुपर्ने अवस्था रहने भएकाले सबै पक्ष सक्रिय भएर आ–आफ्नो तर्फबाट लाग्न मन्त्री तामाङले आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापाले सबै निकायबाट सूचना सरल र सहजरूपमा दिने वातावरण निर्माण गर्न आग्रह गरिन् ।
FACEBOOK COMMENTS