काठमाडौं, फागुन १७ – नायक अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको छ । केसीले चलचित्रमा अभिनय गर्न भनी ५ लाख रुपैयाँ एडभान्स लिएर पछि चलचित्रमा अभिनय नगरेको भन्दै जयन श्रेष्ठ र रुपेश खड्कीले उजुरी दिएका हुन् ।
फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्टबाट बन्न लागेको चलचित्र ‘धूपौरे’मा अभिनय गर्न केसीले एडभान्स रकम लिएर फिर्ता नगरेको भन्दैं चलचित्रका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले उनीविरुद्ध जाहेरी दिएका हुन् । उनीहरुले केसीविरुद्द महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन्।
अनमोलसँग निर्माताद्वय श्रेष्ठ र खड्गीले गत असोज ३ मा ४० लाख पारिश्रमिक दिने गरी सम्झौता गरेका थिए । सम्झौताअनुसार ५ लाख भुक्तानी गरेपनि केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ । चलचित्रमा अभिनय गर्नुपूर्व ३ महिनासम्म जिम तथा एक्टिङ कक्षाका लागि समेत अनमोलले थप २ लाख ५० हजार सकेको उजुरीमा दाबी गरिएको छ । अन्य कलाकारलाई समेत अग्रिम ३० लाख रकम दिन लगाएर आफू सम्पर्क बिहिन भएको उजुरीमा उल्लेख छ ।
FACEBOOK COMMENTS