काठमाडौं, असोज २६ – वीरगञ्जस्थीत नारायणी अस्पतालका बाल रोग विशेषज्ञ डा पन्नालाल पटेलको मृत्यु भएको छ। उनको आइतबार दिउँसो ३ः४५ बजे दिल्लीस्थिती एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव डा उदय सिंहका अनुसार डा पटेल विगत ३ महिनादेखि दिल्लीमा ब्लड क्यान्सरको उपचार गराउँदै आएका थिए । उनलाई तीन दिन अगाडी एक्कासी ज्वरो आएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालले उनलाई सेप्सीसका कारणले मृत्यु भएको बताएको डा सिंहले जानकारी दिए।
FACEBOOK COMMENTS