काठमाडौं, ७ चैत – हामी पैसा बारे कुराकानी गर्न रुचाउँदैनौँ । तर, यो जीवनमा नभइ नहुने अंगका रुपमा रहेको छ । पैसाबारे अप्ठयारो वा अप्रिय लाग्नसक्छ। कसैका लागि यो अभद्र पनि हुनसक्छ। तर यस्तो हुँदाहुँदै पनि पैसाबारेको कुराकानीबाट सधैँ तर्किन सकिँदैन र यसको कुराकानीको अन्त्य सधैँ राम्रो पनि होइन ।
ब्रिटेनमा गरिएको एउटा अध्ययन भन्छ सम्बन्धमा समस्या ल्याउने प्रमुख स्रोत मध्ये एक पैसा हो।
के बुझ्न सकिन्छ भने, कतिपयका सम्बन्ध धन सम्पति अर्थात पैसाका कारण उतारचढाव हुन पुगेको छ ।
घर व्यवहारमा मात्र नभई यो परिवारका सदस्य र साथीसँगीसँग हुने समस्याको श्रोत कारण पनि पैसाबारे इमानदारीता, अभाव र उल्झनका कारण हुन्छन् । जब मानिसलाई बाँच्ने आवश्यकताको बस्तु अर्को व्यक्ति समुदायबाट पूर्ति गर्नुपर्ने हुन थाल्यो बस्तु विनिमय त्यसपछि विभिनन मानकमा पैसाले काम गर्दै आयो । आजको डिजिटल विश्वमा पैसाको महत्व कति छ भनिरहनु पर्दैन ।
FACEBOOK COMMENTS