![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए)मा गम्भीर त्रुटि रहे पनि वन तथा वातावरण मन्त्रालयले हतार–हतार स्वीकृत गरेको खुलेको छ ।
विमानस्थलको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन (डीपीआर) नबन्दै पेस गरिएको ईआईए प्रतिवेदन मन्त्रालयले गत जेठ ९ मा स्वीकृत गरेको हो ।
तत्कालीन वातावरण मन्त्रालयले हेर्दै आएको ईआईए वातावरणसमेत वन मन्त्रालयमै गाभिएपछि जैविक विविधता तथा वातावरण महाशाखाले हेर्न थालेको छ ।
विमानस्थल निर्माणका क्रममा २४ लाख ५० हजार ३ सय १९ रूख काटिने भए पनि त्यसको २५ गुना शोधभर्ना गर्ने गरी ६ करोड १२ लाख ७० हजार ५ सय २५ बिरुवा कहाँ र कहिले रोपिन्छ भन्ने प्रतिवेदनमा उल्लेख छैन ।
— कान्तिपुर
FACEBOOK COMMENTS