अन्जनराज न्यौपाने
तनहुँ, १० चैत्र -तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीलेले निजि क्षेत्रको विकास विना राष्ट्रको विकास असम्भव रहने बताएका छन् । उद्योग बाणिज्य संघ दमौलीले तनहुँमा भर्खरै मात्रै आएका प्रजिअ अधिकारीको सम्मानमा राखेको स्वागत कार्यक्रम माझ उनले सो धारणा राखेका हुन् । संबोधनका क्रममा प्रजिअ अधिकारीले देशको अर्थतन्त्रको मुख्य मेरुदण्ड उद्योग बाणिज्य संघ भएको बताए । उनले आफू उद्योगी ब्यापारीहरुको हक,हित र अधिकारका पक्षमा सधै लागि रहने प्रतिबद्धता पनि ब्यक्त गरे। प्रजिअ अधिकारीले समसामयिक प्रसंग कोट्याउ्दै कोरोना भाईरसको प्रकोपबाट सुरक्षित रहन सार्वजनिक स्थलमा हिड्दा माक्स लगाएर हिड्न सबैमा आग्रह समेत गरेका छन् ।
यसैगरी तनहुँ उद्योग बाणिज्य संघ तनहुँका अध्यक्ष मानकाजी श्रेष्ठ , संघका बरिष्ठ उपाध्यक्ष बैकुण्ठ मिश्र, स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव अन्जनराज न्यौपाने ,उद्योग बाणिज्य संघ तनहुँका महासचिव ईमकुमार मल्ल, तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार ईकाइका सभापति राजकुमार श्रेष्ठ, रिपोर्टस् क्लबका गण्डकी प्रदेश अध्यक्ष मदन वाग्ले, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की लगायतका बक्ताहरुले कोरोना भाइरसबाट बच्न बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुने, भीडभाडमा नजाने , खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाक्ने, हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गर्ने, ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाउने जस्ता दैनिक कार्यमा सचेत रहनु प्रत्येक नागरिकको दायित्व भएको बताए ।
FACEBOOK COMMENTS