काठमाडौं, चैत १५ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने पनि बताएका छन् ।
महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले महासंघ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको बताए । उनले सम्मानित निजी क्षेत्र र समुन्नत नेपालको नारालाई रहेकाले सिंगो निजी क्षेत्रले यसलाई अपनत्व लिनु पर्नेमा जोड दिए । उनले वस्तुगत संघहरू महासंघको ‘ब्रेन’को रुपमा रहेको बताएकाम छन् । अध्यक्ष गोल्छाले महासंघ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत संघहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले परिषद् मार्फत क्षेत्रगत विषयमा छलफल चलाई वस्तुगत संघहरूका समस्या समाधान हुने विस्वास व्यक्त गरे । परिषद्का सभापति अन्जन श्रेष्ठले सबै वस्तुगत संघहरूका समस्या, गुनासा, सुझावहरूलाई परिषद् मार्फत संकलन गरी त्यसको समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
FACEBOOK COMMENTS