काठमाडौं, चैत ७- सन २०१२ मा भएको निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई आज ९शुक्रबार फासी दिइएको छ । निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहानफाँसी दिएको हो ।
अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई शुक्रबार बिहान दिल्लीको तिहाड जेलमा फासी दिइएको हो । उनीहरु चारैजनालाई सन २०१३ मा बलात्कार घटनामा दोषी ठहर गर्र्दै फासीको सजाय सुनाइएको थियो ।
बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए। निर्भया बलात्कारण काण्ड र हत्याकाण्डका दोषीहरुलाई फाँसीबाट बचाउनका लागि बिहीबार मध्यरातमा दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरु मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएको थियो।
फासी दिइएपछि निर्भयाका बुवाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो काुनन बनोस् जसबाट मानिसहरुले न्याय पाउन यति लामो प्रतिक्षा गर्न नपरोस् ।
के थियो घटना ?
सन् २०१२ को डिसेम्बर १६ मा भारतको राजधानी दिल्लीमा ६ जना व्यक्तिले आफ्ना केटा साथीसँग बसमा घर फर्किँदै गरेकी २३ वर्षकी मेडिकल छात्रालाई बसमा बलात्कार तथा निर्मम कुटपिट गरी गुडिरहेको बसबाट बाहिर फालेका थिए ।
निर्भयाका रुपमा चिनिएकी ती युवतीको केही दिनपछि उपचारको क्रममा निधन भएको थियो । यो घटनापछि दिल्लीसहित भारतभर ठूलो प्रदर्शन भयो र त्यसको प्रक्रिया स्वरुप बलात्कार विरुद्ध नयाँ कानून आएको थियो ।
घटनामा संलग्न भएका ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसमध्ये राम सिंह नाम गरेका अभियुक्त सन् २०१३ को मार्चमा जेलमै मृत भेटिएका थिए । उनले आत्महत्या गरेको खुलेको थियो।
यस्तै घटना भएका बेला १७ वर्षका रहेका अर्का एक सन् २०१५ मा जेलबाट छुटेका थिए । उनी नाबालक रहेकाले तीन वर्षको सुधारात्मक जेल सजाय काटेर रिहा भएका हुन् ।
चार अभियुक्तले आफू पछिल्लो समय आफूहरुको सजाय कम गरी जन्मकैदीको मात्रै सजाय दिन माग गर्दै सर्वोच्च अदालतमा अपिल गरेका थिए ।
FACEBOOK COMMENTS