काठमाडौं, वैशाख २३ । कोभिड–१९ को दोस्रो लहरको नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा निर्माणका काम गर्न कठिन भएको व्यवसायीले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासघंले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापण्दण्ड पालना गरेर काम गर्न असहज भएको बताएको छ ।
संक्रमण बढेपछि यतिेबला राजधानीसहित ५५ जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । जसकारण, निर्माण सामाग्री ढुवानी गर्नै समस्या हुँदा निर्माणका काम गर्न समस्या भएको हो ।
पास नभएकाले प्रहरीले निर्माण सामाग्री बोकेका ढुवानीका साधनलाई ठाँउ ठाँउमा रोक्ने गरेकाले पनि समयमा निर्माण स्थलमा ढुवानीका सामान पुर्याउन समस्या भएको बताइएको छ ।
यसैगरी, निर्माण सामाग्री उत्पादन गर्ने केही उद्योगहरू खुले पनि डिलर र वितरक पसलहरू बन्द भएकाले निर्माण सामग्रीको अभाव र ढुवानीमा समस्या भइरहेको छ ।
FACEBOOK COMMENTS