काठमाडौं, भदौ ६ – कोरोना संक्रमण बढ्दै गएको भन्दै उपत्यकाका तिन वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बिना काम घर बाहिर नहिड्न समुहगत भेला भिडभाड गर्न उपत्यकाका जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ भने उलंघन गर्नेलाइ कडा कारवाही पनि हुने भनिएको छ । तर शुक्रबार एनआईसी एशिया बैंकको केन्द्रिय कार्यालय थापाथलीमा सेवाग्राहीको बाक्लो उपस्थिति देखियो । प्राय सबैले माक्सको प्रयोग गरेका भए पनि भौतिक दुरी कायम गरेका पाइएन । बैंकको प्रवेशद्धावारमा भिडभाड सहित लामबद्ध सेवाग्राहीहरु लगभग आकआपसमा टाँसिएर बसेका छन् ।
उपस्थित सेवाग्राहीहरु समाज लद्युवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इनस्योरेन्सको साधारण शेयर (आइपिओ) भरेको आवेदनको फारम बुझाउन लाइनमा बसेका लगानीकर्ताहरु हुन् ।
कोरोना संक्रमणको जोखिममा भिडभाडका बीच घण्टौ लाइनमा बस्दा पनि पालो नआएको उनिहरुको गुनासो थियो । एनआइसीले खातावाला ग्राहक मात्र बढाउने, सेवा र सुविधा चाँही नबढाउने भन्दै लाइनमा बसेका एक सेवाग्राहीले आक्रोशित पारामा बताए ।
उताबाट बैंकको सेक्युरिटी गार्ड लाइन नबस्न र सामाजिक दूरी कायम गर्न बारम्बार आग्रह गरिरहेपनि लगानीकर्ताहरु भने जवरजस्ती लाइनमा बस्दै आएका थिए ।
बैकको प्रवेशद्धावारमै भिडभाड देखेपछि बैंकका कर्मचारी उनिहरुलाइ सामाजिक दुरी कायम गर्न आग्रह गर्दै थिए । ‘राजधानीमा जम्मा ५ वटा शाखाको लागि २७ जनाको लागि मात्र पास भएकाले कर्मचारी कम छ, सवैको पालो आउँछ’ उनि भन्दै थिए ।
तीन कम्पनीको आइपिओ एकैचोटी बजारमा निश्कासन हुँदा मेरो शेयरको सिस्टमले धान्न सकेको छैन् । बिहीबार दिनभरजसो मेरो शेयरको सिस्टम डाउन भयो । मेरो शेयर घरी खुल्ने घरी नखुल्ने गर्दा लगानीकर्ता राम्रो कम्पनीको आइपिओ छुट्ने डरले शुक्रबार बिहानै बैंकमा आवेदन फारम लिई भरेर बुझाउन आएका हुन् । बैंकमा आउने कतिपय लगानीकर्ताले मेरो शेयर लिएका थिएनन् । बैंकमा आइपिओ भर्न आउने लगानीकर्ताले आफ्नो मात्र नभई परिवार सवैको आइपिओ भरेका छन् ।
बैंकको सिमित मात्र शाखा खोल्दा खुलेका शाखामा ग्राहकको चाप ह्वात्तै बढेको देखिन्छ ।
अहिले शेयर बजारमा तीन कम्पनीको आइपिओ बजारमा निशकासन भई धमाधम बिक्री भैरहेको छ । लिवर्टी इनर्जी कम्पनी लिमिटेड, समाज लद्युवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इनस्योरेन्सको आइपिओ बिक्री खुल्ला भैरहेको छ । तीन वटै कम्पनी लगानीकर्ताको रोजाइमा परेको छ ।
FACEBOOK COMMENTS