काठमाडौं, वैशाख २७ । निषेधाज्ञामा पनि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम नरोकिने भएको छ । यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएपनि अहिलेसम्म सुरुङ मार्गको काम रोकिएको छैन ।
आयोजना प्रमुख नरेशमान शाक्यले आयोजनामा अहिले ६५० जना कामदार खटिएको बताए । ‘ती सबैलाई आयोजनास्थलमै खाने/बस्ने व्यवस्था मिलाइएको छ’, उनले भने । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर काम अगाडी बढेको छ ।
कार्यरत कामदारलाई दुई भागमा बाँडेर १२/१२ घन्टो सिफ्टमा काम हुँदै आएको छ । आयोजनास्थलमा रहेका कामदारको ज्वरो नाप्नेदेखि मास्क र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
यसैगरी, शाक्यले आयोजनामा चिकित्सासहितको १० वटा आइसोलेसन वार्ड बनाइएको छ । जसमा ३२ जनासम्म राख्न मिल्छ । यदी कसैलाई कोरोना संक्रमण भएमा सोही आइसोलेनसमा राखिने शाक्यको भनाई छ ।
यसैगरी, साइटमा १५ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको छ । यही कोही कामदारलाई अक्सिजन चाहिएमा त्यही सिलिन्डर प्रयोग गर्ने आयोजनाको योजना छ । अहिलेसम्म सुरुङमार्गको ११ दशमलव ६ प्रतिशतको काम भइसकेको छ । जसमा मूख्य सुरुङ १४४ मिटर खनिसकेको छ भने सहायक सुरुङ २३३ मिटर खनिएको छ ।
२०७६ साल कात्तिकमा शिलान्यास भएको सुरुङ छेड्ने काम ४२ महिनामा सक्ने लक्ष्य छ । तर, लक्ष्यको १८ महिना वितिसकेको छ । त्यसैले निषेधाज्ञामा पनि नरोक काम अगाडी बढाइएको हो ।
हाल सुरुङलाई धादिङ र काठमाडौं दुवैतर्फबाट खनिँदै आएको छ ।
FACEBOOK COMMENTS