काठमाडौं, भदौ २४ – काठमाडौं उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको छ ।
काठमाडौंमा बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकको सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ ।
फोरमले काठमाडौं भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाइ गर्नसमेत सरकारलाई सुझाव दिइएको छ ।
यस्तै फोरमले बिहीबारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
FACEBOOK COMMENTS