काठमाडौं, वैशाख २० – प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले यसलाई प्रभावकारी बनाउन सरकारका साथै आमनागरिकको पनि उत्तिकै भूमिका हुने भन्दै कोरोना संक्रमण र रोकथामका लागि जारी भएका स्वास्थ्य मापदण्ड पालनामा जोड दिए ।
उनले कोरोनाबाट बच्नलाई आम देशवासीलाई टिप्स पनि दिन भ्याए । उनले आमनागरिकलाई भने, सकभर घरमै बसौं, घरबाहिर निस्कनै परे सही तरिकाले अनिवार्य रुपमा मास्क लगाऔँ ।’ उनले कोरोनाबाट जोखिम हात धुन, स्यानिटाइजरले हात सफा गर्न, भोजभतेर तथा पर्व घरमै मनाउन, भौतिक दुरी कामय गर्न, भीडभाडबाट टाढै रहन, हल्ला र अफवाहबाट भ्रमित नहुने पनि आम नागरिकलाई सुझाव दिए ।
चिकित्सक र विज्ञहरुको कोरोनासम्बन्धी सल्लाहलाई पालना गर्न भन्दै उनले धैर्य गर्न र संयमित हुन आग्रह गरे ।महामारीको सङ्क्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्छ । यसलाई प्रभावकारी बनाउन सरकारका साथै आम नगारिकको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले,
ओलीको आम देशवासीलाई टिप्स
– सकभर घरमै बसौं, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔं,
– समय समयमा साबुनपानीले हात धोऔं वा स्यानिटाइजरले हात सफा गर्ने गरौं
– भोजभतेर तथा पर्व घरमै मनाउँ
– भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं ।
– हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं
– चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गरौं ।
– धैर्य गरौं, संयमता अपनाऔं ।
– सावधान होऔं तर आतङ्कित नहोऔं ।
– गतवर्ष गरिएको बन्दाबन्दी र जारी गरिएको निषेधाज्ञाका समयमा हामीले पालना गरेको अनुशासनले महामारीको असर धेरै हदसम्म कम हुन गएको थियो । यसमा भएको हेलचेक्रयाईले क्रमशः महामारी फैलिन बल पुर्याएको तथ्यलाई हामी सबैले मनन गरौं । नभुलौं, महामारीले कसैलाई पनि छाड्दैन ।
– अन्त्यमा, महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालक÷सहचालक, सफाइकर्मी एवम् सम्बद्ध सबैलाई विचलित नभई आ–आफ्नो कर्तव्य निर्वाह गर्न म हार्दिक आह्वान गर्दछु ।
– राजनीतिक दलका नेता/कार्यकर्ता, सामाजिक संघसंस्था एवम् प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई कोभिडविरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न समेत आग्रह गर्दछु ।
FACEBOOK COMMENTS