काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रती नेपाल उद्योग वाणिज्य महासंघको असहमती रहेको बताएकी छिन् । कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउन कारण उद्योग तथा कलकारखाना, ब्यापार सबै ठप्प रहेता पनि सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई लक्षित गरि राहतको घोषणा नगरेको भन्दै महासंघकी अध्यक्ष भवानी राणाले असन्तुष्टि जनाईन ।
नीति तथा कार्यक्रमले निजी क्षेत्रको समस्यालाई सम्बोधन गर्न नसक्दा तमाम निजी क्षेत्र हतास बन्नुपर्ने स्थिती रहेको उनको भनाई छ । ‘कोभिड–१९ ले पारेको प्रभाव न्युनिकरण गर्न ठोस कार्यक्रम घोषणा नहुनु दु:खद छ’ उनले आफ्नो राय दिदै भनिन् ।
FACEBOOK COMMENTS