![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – जिल्ला प्रशासन कार्यालय नुवाकोट गत आर्थिक वर्षमा झण्डै पौने ३ करोड राजश्व असुल गर्न सफल भएको छ।
कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा २ करोड ६९ लाख ४० हजार ८९५ राजश्व संकलन गरेको जनाएको छ।
शुक्रबार सार्वजनिक विवरणअनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व असुल गरेको छ।
४ हजार ९६८ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत २ करोड ६० लाख २ हजार ५०० राजश्व संकलन गरेको छ।
प्रशासनले दु्रत सेवाका लागि ४ हजार पाँच राहदानीका लागि सिफारिससमेत गरेको छ।
एक वर्षमा झण्डै ९ हजार जनाले राहदानी बनाएका छन्।
जिप्रकाले अन्य राजश्व भने संस्था दर्ता, संस्था नवीकरण, हातहतियार नामसारी तथा नवीकरण, प्रशासनिक दण्ड जरिवाना, परीक्षा दस्तुर, बेरुजु असूली, न्यायिक दण्ड जरिवानालगायतबाट राजश्व उठाएको प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए।
– नागरीक
FACEBOOK COMMENTS