काठमाडौं – विश्व बैंकले नेपालको चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
मंगलबार विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स ः डार्कनिङ्ग स्काइज’ रिपोर्टमा नेपालको आर्थिक बृद्धिदरबारे प्रक्षेपण गरेको हो ।
यो वर्ष दक्षिण एशियाली मुलुकहरुमा सबैभन्दा बढी माल्दिभ्सले ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिईएको छ । यो वर्ष समग्र दक्षिण एशियाली मुलुकहरुको आर्थिक बृद्धिदर ६.९ प्रतिशतको प्रक्षेपण गरिएको छ ।
धेरै आर्थिक बृद्धि हाँसिल गर्ने मुलुकहरुको सूचीमा सार्क मुलुकहरुको चौथो स्थानमा नेपाल रहेको छ । नेपाल पछि रहेका मुलुकहरुमा पाकिस्तानको ५.८ प्रतिशत, भुटानको ४.६ प्रतिशत र श्रीलंकाले ३.९ प्रतिशतको आर्थिक बृद्धि हाँसिल गर्ने प्रक्षेपण गरिएको छ ।
FACEBOOK COMMENTS