काठमाडौं, वैशाख २१ । अघिल्लो पटक सहजै नियन्त्रणमा आएको कोरोना भाइरसको महामारी यसपटक भने तीव्र गतिमा फैलिएको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टले नेपालमा संक्रमणको संख्या र मृत्यू संख्या पनि बढाएको छ ।
अघिल्लो पटकको संक्रमणमा नेपालमा दैनिक ४ जनासम्म मात्रै मृत्यू भएको थियो । तर, अहिलेको संक्रमणले हिजो सोमबार अहिलेसम्मकै सबैभन्दा उच्च ३७ जनाको मृत्यू भएको छ ।
संक्रमण समुदायस्तरमा फैलिएसँगै नेपालका १७ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित पाइएका छन् । काठमाडौंसहित, ललितपुर, भक्तपुर, ललितपुर, बाँके, रुपन्देही, दाङ, मोरङ, कास्की, कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
यसैगरी, कैलाली, चितनव, पर्सा, सुर्खेत, धनुषा, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर र बर्दियामा समेत ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।
यीमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा १८ हजार ६२१ जना, रुपन्देहीमा ४ हजार २२१ र ललितपुरमा ३ हजार ६८५ तथा भक्तपुरमा १ हजार ८९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।
FACEBOOK COMMENTS