काठमाण्डौँ — सरकारले आर्थिक वृद्धिदर बढ्दो गतिमा हासिल हुने प्रक्षेपण गरिरहेकामा एसियाली विकास बैंकले भने त्यो उपलब्ध नहुने औल्याएको छ।
एडिबीले बुधबार सार्वजनिक गरेको ‘माइक्रोइकनोमिक अपडेड’ले नेपालको आर्थिक बृद्धिदर घटदो अवस्थामा रहने औल्याएको हो।
सरकारले चालू आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकामा एडिबीले भने साढे ५ प्रतिशतमा सिमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०७४/७५मा सरकारले ६.३ प्रतिशत आर्थिक वृद्दिदर हासिल भएको जनाएको थियो तर एडिबीले भने ५.९ प्रतिशतमा सिमित रहेको विवरण सार्वजनिक गरेको हो।
आर्थिक वृद्धि घट्दो क्रममा रहेपनि गत १० वर्षको तुलनमा सन्तोषजनक नै रहेको देखाएको छ।
— नागरीक
FACEBOOK COMMENTS