सरोज ओझा
ललितपुरको गोदावरी नगरपालिका -१३ स्थित बज्रबाराहीमा अवस्थित बज्र एकेडेमी नेपालको पहिलो हरित विद्यालय हो । वातावरणमैत्री विद्यालयको पहिचान बोकेको यस एकेडेमीको स्थापना सन् २००७ मा भएको थियो । बज्र एकेडेमी कुल २४ रोपनी क्षेत्रफलमा फैलिएर रहेको छ । स्वच्छ, सफा, हराभरा र रमणियता यसको प्रमुख विशेषता हो। जहाँ विद्यार्थीहरुले प्रकृती प्रदत्त -शान्त, मनोरम एवम् स्वस्थकर पर्यावरणसँग साक्षात्कार गर्दै अध्यापन गर्न सक्छन् । त्यसो त, आफ्नै सुविधा सम्पन्न भवन, शिक्षण एवम् बालमैत्रीयुक्त वातानुकुलित कक्षाकोठाहरु, खेल मैदान, विज्ञान प्रयोगशाला, लाइब्रेरी, आफनै एग्रो र पेटिफार्म, अनुभवी र तालिम प्राप्त अध्यापक जस्ता बाल सुलभ शिक्षण सिकाईका आधारशीला यस विद्यालयका विशेषताहरु हुन् । यस मानेमा, वातावरणमैत्री ज्ञानशाला अर्थात शिक्षालयको परिचय बोकेको बज्र एकेडेमी नेपालमा संचालित अन्य विद्यालयहरु भन्दा पृथक रहेको पाईन्छ ।
“आफ्नै सुविधा सम्पन्न भवन, शिक्षण एवम् बालमैत्रीयुक्त वातानुकुलित कक्षाकोठाहरु, खेल मैदान, विज्ञान प्रयोगशाला, लाइब्रेरी, आफनै एग्रो र पेटिफार्म, अनुभवी र तालिम प्राप्त अध्यापक जस्ता बाल सुलभ शिक्षण सिकाईका आधारशीला यस विद्यालयका विशेषताहरु हुन् । यस मानेमा, वातावरणमैत्री ज्ञानशाला अर्थात शिक्षालयको परिचय बोकेको बज्र एकेडेमी नेपालमा संचालित अन्य विद्यालयहरु भन्दा पृथक रहेको पाईन्छ ।”
पर्यावरणिय दृष्टिकोणबाट निकै नै व्यवस्थित रहेको यस विद्यालयले जैविक पक्षलाई महत्व दिदै आएको छ । बिशेषत: विद्यालयको अवस्थिती , शैक्षिक कार्यक्रम, संरचना आदीले यस कुरालाई पुष्ट्याई गर्दछ । ललितपुरको बज्रबाराही जंगल छेवैमा अवस्थित यस विद्यालय आँफै पनि प्रदुषण र धुलो धुवामुक्त क्षेत्रमा विराजमान छ । जहाँ साना ठुला गरि सयौ रुख, विरुवा र बुटयानहरु रोपण गरिएको छ । बज्र एकेडेमी हाताभित्र रहेको हर्बल गार्डेनमा जडिबुटीको रुपमा प्रयोगमा आउने ठुलो ओखती, पाखन वेद, चिराइतो, टिमुर लगायतका ६० प्रजातीका मेडिसिनल प्लाण्ट अर्थात औषधीजन्य वनस्पतीहरु संरक्षित छन् । विद्यालयमा पेटिफार्म पनि मौजुद् छ । जहाँ खरायो, टर्की, लौकाट, कुखुरा, परेवा, बिरालो लगायतका घरपालुवा जनावरहरु राखिएका छन् । त्यस्तै, विद्यालयमा पशुपालन अन्तर्गत गाईपालन गरिएको छ । हाल दुई वटा गाईहरु यहाँस्थित गाईगोठमा वाँधिएको छ । विद्यालयले चर्चदै आएको आफ्नै जमिन भित्र तरकारी खेती गरिदै आईएको पनि छ । जहाँ मौसमी तरकारी खेती गर्ने गरिएको छ । साथै, विद्यालयमा सोलार प्लाण्ट र बायो प्लाण्ट पनि जडान गरिएको छ । यसरी बज्र एकेडेमीले हरित विद्यालयको अवधारणालाई मुर्तरुप दिनका लागि सोही अनुरुपको संरचना र बनोट ब्यवस्थापनको प्रबन्धन गरेको छ ।
हरित अभियान अन्तर्गत एकेडेमीले प्रकृती र मानव बीचको अन्तरसम्बन्ध र सह अस्तित्वलाई जीवनोपयोगीतासँग जोड्दै शिक्षण पद्धतीलाई नविन शिराबाट अघि बढाएको छ । हाल बज्र एकेडेमीमा अध्ययनरत ३७० विद्यार्थीहरु मध्ये ३०० हाराहारीले विद्यालयले दिलाउने दिवा खाजा सेवन गर्ने गरेका छन् । जसमा गाईपालनबाट उत्पादित दुध, तरकारी खेतीबाट प्राप्त हुने उब्जनी खाजा९खानाका रुपमा प्रयोगमा ल्याउने गरिएको छ । साथै, खाना र खाजा तयार पार्न सौर्य उर्जा र बायो ग्यासको प्रयोग गर्ने गरिन्छ । त्यस्तै खाजाको रुपमा विद्यालयले उपलब्ध गराउने बेकरी प्रोडक्टहरु पनि विद्यालय स्वयम्ले उत्पादन गर्ने गर्दछ । यहाँ पालिएका पाल्तु जनावर, गाईफार्म, रुख बुटयान, जडिबुटी, तरकारी आदी जस्ता वनस्पती र जिवजन्तुलाई विद्यार्थीहरुले प्रत्यक्ष हेर्दै र नाम थाहा पाउदै फिल्डवर्क मार्फत कर्मशिल बन्न प्रेरित हुने तथा प्रकृतीको महत्वबोध गर्ने जस्ता जीवनोपयोगी शिप र स्वस्थकर जीवनयापनका तौरतरिका सिक्ने सिकाउने थलोको रुपमा बज्र एकेडेमीको हरित अभियान जोडिएको छ ।
“यहाँ पालिएका पाल्तु जनावर, गाईफार्म, रुख बुटयान, जडिबुटी, तरकारी आदी जस्ता वनस्पती र जिवजन्तुलाई विद्यार्थीहरुले प्रत्यक्ष हेर्दै र नाम थाहा पाउदै फिल्डवर्क मार्फत कर्मशिल बन्न प्रेरित हुने तथा प्रकृतीको महत्वबोध गर्ने जस्ता जीवनोपयोगी शिप र स्वस्थकर जीवनयापनका तौरतरिका सिक्ने सिकाउने थलोको रुपमा बज्र एकेडेमीको हरित अभियान जोडिएको छ ।”
यसका अलवा बज्र एकेडेमीले अतिरिक्त कृयाकलाप अन्तर्गत म्युजिक, डान्स, स्विमिङ, रोवोटिक -क्लासहरु संचालन गर्दै आएको छ भने विखर्थीहरुलाई वर्षेनी राष्ट्रिय तथा अन्तरराष्ट्रिय शैक्षिक भ्रमणमा पनि लाने, विभिन्न खालका खेल गतिविधीहरु र प्रदर्शनीहरुमा सहभागी गराउने गर्दै आएको पनि छ । यसर्थ पनि हरित विद्यालयको अवधारणा र प्रयोगात्मक शिक्षण विधीमा आधारित बज्र एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक र व्यवहारिक शिक्षा प्राप्त गर्दै आएका छन् ।
बज्र एकेडेमीका कार्यकारी निर्देशक भूपेन्द्र बिक्रम थापाले हरित विद्यालयको अवधारणा एवम् विद्यालयले अवलम्बन गरेको शिक्षण विधीका बारेमा प्रकाश पार्दै भने ‘बालबालिकाहरुलाई कोरा ज्ञान मात्र दिनु भन्दा पनि जीवनोपयोगी शिक्षा दिनुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यसैले हामीले लिएको हरित अभियान र अवलम्बन गरेको शैक्षिण विधीको उदेश्य विद्यार्थीहरुलाई वातावरणमैत्री शिक्षा र व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने नै हो’।
“बज्र एकेडेमीका कार्यकारी निर्देशक भूपेन्द्र बिक्रम थापाले भने – ‘बालबालिकाहरुलाई कोरा ज्ञान मात्र दिनु भन्दा पनि जीवनोपयोगी शिक्षा दिनुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यसैले हामीले लिएको हरित अभियान र अवलम्बन गरेको शैक्षिण विधीको उदेश्य विद्यार्थीहरुलाई वातावरणमैत्री शिक्षा र व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने नै हो’
साथै, बज्रमा विद्यालयको व्यवस्थापन पाटो उस्तै चुस्त र दुरुस्त राखिएको पाईन्छ । कुल पाँच सय विद्यार्थीको क्षमता राख्ने यस विद्यालय भित्रमा हरेक कक्षाकोठाहरु ४५ वर्ग मिटरको छ । जहाँ सरकारले तोके अनुसार ५० जना विद्यार्थी राख्न मिल्छ । यद्यपी, विद्यालयले प्रत्येक कक्षाकोठा भित्र बढिमा ३५ जना विद्यार्थी मात्र राख्ने निती लिएको छ । बज्रमा कुल २०० बिद्यार्थी अट्ने क्षमतायुक्त आवास गृह समेत छ । पछिल्लो शैक्षिक सत्रमा काठमाडौं उपत्यका स्थित काठमाडौं, ललितपुर, भक्तपुर साथै सिन्धुपाल्चोक, रसुवा, काभ्रे लगायत २९ जिल्लाका विद्यार्थीहरुले सुविधा उपयोग गरेका थिए । र आवासिय सुविधा उपयोग गर्ने विद्यार्थीबाट विद्यालयले मासिक सरदर दश हजार शुल्क लिदै आएको छ ।
यस विद्यालय नेपाल सरकारले तोकेको मापदण्ड अनुसार ‘क’ वर्गको बिद्यालयको श्रेणीमा पर्दछ । तर सरकारले तोके बमोजिम लिन पाउने शुल्क भन्दा पनि कम शुल्क निर्धारण गरेको छ । विद्यालयका प्रिन्सिपल उदित भट्टले विद्यालयले नाफा भन्दा पनि सेवालाई प्राथमिकतामा राख्दै शुल्क निर्धारण गरेको बताउदै भने ‘खाजा खर्च, बस सुविधा एवम मासिक टयुसन फि समेत विद्यार्थीहरुको मासिक शुल्क औसतमा ५००० लिने गरेका छौ, कक्षा अनुसार केही तल माथि पर्न आउछ, हाम्रो पैसा कमाउने उदेश्य कत्ति पनि होइन र छैन’ ।
FACEBOOK COMMENTS