काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासको लागि मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताएका छन्।
नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आयोजित कार्यक्रममा उनले भने, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ।”
विदेशी लगानी र सहयोग जुटाउन सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको बताए ।
नेपाल र जापानबीचको दशकौंँ लामो ऐतिहासिक कूटनीतिक सम्बन्धले शिक्षा, स्वास्थ्य पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गरे।
नेपालले सधैं विकास र शान्ति चाहेको भन्दै जापानले नेपाललाई प्रविधी हस्तान्तरण गर्नु पर्ने धारण राखे ।
FACEBOOK COMMENTS