काठमाण्डौँ — नेपालगन्जको ट्राफिक चोकदेखि राँझा चोकसम्म सुर्खेत रोडका २१ स्थानमा डिजिटल बस बिसौनी र १० स्थानमा ट्राफिक बुथ निर्माण गरिरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकासँगको समझदारीमा निजी क्षेत्रले करिब ७ करोडको लगानीमा बनाइरहेको जनाएको छ ।
बीपी चोक, जिल्ला शिक्षा कार्यालय, धम्बोझी, भेरी अस्पताल, त्रिभुवन चोक, बागेश्वरी मन्दिर नजिकलगायतका विभिन्न स्थानमा निर्माण कार्य भइरहेकोे डिजिटल बस बिसौनी तथा चोकमा डिजिटल ट्राफिक बुथको काम दुई साता भित्रै सकिने उपमहानगरका सूचना अधिकारी शरद पौडेलले बताए ।
सूचना अधिकारी पौडेलका अनुसार, काठमाडौं महानगरमा यसखालको जिम्मेवारी लिएको एपेक्स नेपाल प्रालिनै नेपालगन्जमा पनि डिजिटल बिसौनी र ट्राफिक बुथ निर्माण गर्ने जिम्मेवारी पाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS