काठमाडौं – नेपालबाट भारतीय कामदारले वार्षिक ३ अर्ब डलर बराबर रकम भारतमा पठाउने गरेका छन्।
भारतीय तथ्यङ्क अनुसार बढी रेमिट्यान्स प्राप्त हुने देशहरुमध्ये नेपाल ८ नम्बरमा पर्छ।
भारतले खाडी राष्ट्रहरूबाट बढी रेमिट्यान्स प्राप्त गर्ने गर्छ।
नेपालमा ६ लाख जति भारतीयहरू काम गर्छन्। नेपालबाट ३ अर्ब अमेरिकी डलर भारत लगेको छ ।
नेपालमा काम गर्ने भारतीयहरूको प्रतिव्यक्ति आय (वार्षिक) ३४ लाख रुपैँया रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।
भारतले नेपालबाट लैजाने रेमिट्यान्स क्यानडा र अस्ट्रेलियाबाट जाने भन्दा बढी हो।
क्यानडामा काम गर्ने १० लाख भारतीयले २.९ अर्ब अमेरिकी डलर भारत पठाएका छन्। अस्ट्रेलियाबाट ५ लाख भारतीयले काम गरेर सन् २०१७ मा २ अर्ब अमेरिकी डलर रेमिट्यान्स पठाएका छन् ।
FACEBOOK COMMENTS