काठमाडौं, पुष ९ – बेलायतमा ७० प्रतिशत बढी संक्रामक कोरोना भाइरसको भेरियन्ट भेटिएको केहीसातामै फेरि अर्को भेरियन्ट फेला परेको छ । पृथ्वीमा रहेका सम्पूर्ण जिवहरुमा निरन्तर केही न केही परिवर्तन भइरहन्छ । यसलाई नै म्युटेसन भनिन्छ ।भाइरसहरु पनि निरन्तर आफ्नो स्वरुप परिवतर्न गर्दै जान्छन् ।
यसक्रममा भाइरस थप शक्तिशाली वा कमजोर हुने गर्छन् । यो प्रकृयालाई नै ‘भाइरस म्युटेसन’ भनिन्छ ।बेलायतमा उत्तर अफ्रिकाबाट आएका २ जनामा यसरी नै स्वरुप परिवर्तन भएको कोरोना भाइरसको फेला परेको हो ।
उत्तर अफ्रिका, बेलायतमा मात्रै हैन् अहिले विश्वभरका देशहरुले भाइरसको भेरियन्ट पत्ता लगाउँन निरन्तर ‘होल जिनोम सिक्वैन्सिंग’ गरिहेका छन् । यसबीच नेपालको सन्दर्भमा पनि भाइरसको जिनोम सिक्वैन्सिंग गर्नु जरुरी देखिन्छ । बढी संक्रामक भेरियन्ट पाइयो भने समयमै संक्रमण न्युनिकरण गर्ने उपायँ अपनाउँन सकिन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले नेपालमा पनि भाइरसको ‘होल जिनोम सिक्वैन्सिंग’ गर्ने तयारी भइरहेको बताएका छन् ।
FACEBOOK COMMENTS