![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – संघीय सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ ।
दक्षिण एसियालीका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन ।
तर, मुलुकमा सरकारले ग्यासमा विभिन्न सातवटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।
छिमेकी मुलुक भारत सरकारले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई रकम दिएर उपभोक्तालाई सहुलियतमा रुपमा ग्यास वितरण गरिरहेको बेला नेपाल सरकारले भने चर्को कर संकलन गरिरहेको उपभोक्तालाई ठगिरहेको छ ।
अत्यावश्यक वस्तुका रुपमा रहेको ग्यासमा अन्य कुनै पनि एसीयाली मुलुकले उपभोक्ताबाट कर असुल गरेका छैनन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले करसम्बन्धी व्यवस्था आ–आफना देशको फरक हुने भएकाले पनि मुलुकको आर्थिक अवस्थालाई हेरेर सरकारले कर संकलन गर्ने गरेको बताए ।
– कारोबार
FACEBOOK COMMENTS